बैतडी- एमालेले बैतडीको दोगडाकेदार गाउँपालिकामा उपाध्यक्षमा पुनः पार्वती कार्कीलाई उम्मेदवार बनाएको छ । अहिलेकी गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीलाई नै फेरी उपाध्यक्ष पदमा उठाउने सहमति भएको नेकपा एमाले बैतडीले जनाएको छ ।
एमालेले दोगडाकेदारमा २०७४ सालको निर्वाचनमा जितेका दुवै जनालाई अहिले पनि अघि सारेको छ । अध्यक्षमा चक्र कार्कीलाई उठाउने यसअघिनै सर्बसम्मत सहमती भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १०:४३
प्रतिक्रिया दिनुहोस्