Sagun Khabar
बैतडीका १० ओटै पालिकामा धमाधम मनोनयन दर्ता हुँदै 

बैतडी- बैतडीको १० ओटै स्थानीय तहमा  मनोनयन दर्ता भइरहेको छ । आज बिहानबाट स्थानीयतहका उम्मेदवारहरुले  धमाधम मनोनयन दर्ता  गरिरहेका  बैतडीका मुख्य  निर्वाचन अधिकृत  तिलक बहादुर  कार्कीले  जानकारी दिए ।

आज ५ बजे सम्म मनोनय दर्ताको समय तोकिएको  उनले  बताए ।हिजोबाट मानोनय दर्ता  प्रकृया सुरु भएको र आज अन्तीम दिन रहेको बताइएको  छ । ५ बजे सम्म मनोनय दर्ताको  समय  तोकीएको  जनाउदै  मुख्य  निर्वाचन अधिकृत कार्कीले  त्यो समय भित्र आइसकेका सबैलाइ  इन्ट्री गरिने  बताए । जिल्लाका १० ओटै स्थानीयतका केन्द्रमा  सबै  राजनितीक दलका उम्मेदवारहरु अहिले  मनोनयन दर्ता  गरिरहेका  छन ।

Atrya hospital

सहज एवं छरितो ढंगबाट उम्मेदवारहरुको मनोनयन दर्ता गर्न आवश्यक कर्मचारी खटाइएको निर्वाचन कार्यालय  बैतडीले  जनाएको  छ । निर्वाचन अधिकृतहरूको कार्यालय स्थलमा सुरक्षाको प्रवन्ध मिलाइएकाले  उम्मेदवारहरूलाई निर्धक्क भएर मनोनयन दर्ता गराउन आग्रह गरिएको  छ ।

बैतडीका १० स्थानीयतहमा १० पालिका प्रमुख ,१० उपप्रमुख,  ८४ वडाध्यक्ष,  र  ३ सय ३६ वडा सदस्य गरि  ४ सय ४० पदका लागि निर्वाचन हुने भएको छ । बैतडीमा १२९ मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र  कायम गरिएका  छन् । स्थानीयतहको  निर्वाचनमा बैतडीमा १ लाख ४० हजार २सय १ मतदाता  मतदानमा सहभागि हुने  छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update