बैतडी- नेत्र विक्रम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवका बैतडी सुर्नया इन्चार्ज माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा विप्लव सुमूहका सुर्नया इन्चार्ज अम्बा दत्त अवस्थी आज पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी छाडेर आएका अवस्थीलाई माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नं ६ को अध्यक्ष पदका लागि उम्मेदवार बनाएको माओवादी केन्द्रका सुर्नया गाउँकमिटि अध्यक्ष राम बहादुर विष्टले बताए ।
पार्टी प्रवेश गरेका अवस्थीलाई खादा अबिर सहित स्वागत गरेर माओवादीले टिकट दिएको उनले बताए । अम्बादत्त अवस्थी जनयुद्धमा सहिद भएका शरद अवस्थी लोकेशका आफन्त रहेका बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १३:०४
प्रतिक्रिया दिनुहोस्