बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट देवराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका जोशीले दोगडाकेदारको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी तालमेल गरेकाले उपाध्यक्ष पदमा भने माओवादी केन्द्रका नवराज भट्ट (कुसुम) उम्मेदवार रहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १६:०७
प्रतिक्रिया दिनुहोस्