बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा माओवादी केन्द्रबाट दिलाराम भट्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीसंग चनावी तालमेल गरेको माओवादीले स्वेता भट्टलाइ उपाध्यक्षमा सिफारिस गरेको भएपनि उनको नाममा ठेक्का भएकाले अहिले माओवादीकै दिलाराम भट्टलाइ उम्मेदवार बनाइएको हो ।
उपाध्यक्षको पद पाएको भट्टले आजै मनोनय दर्ता गराएका हुन् । नेकपा माओवादी र एकीकृत समाजवादीले सुर्नयामा चुनावी तालमेल गरेका छन् । सुर्नयाको अध्यक्षमा पदमा एकीकृत समाजवादीका तर्फबाट नरेन्द्र बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १७:०५
प्रतिक्रिया दिनुहोस्