बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं ९ मा गत स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्ष जितेकी लक्ष्मी चन्दले माओवादी केन्द्रबाट उपाध्यक्षको टिकट पाएकी छिन् ।
जिल्लाकी एक मात्र महिला वडा अध्यक्ष चन्दले पार्टीबाट उपाध्यक्ष पदको टिकट माग गरेकी थिइन् । एमालेले सिगास गाउँपालिकाको उपाध्यक्षमा धाना धामीलाई उम्मेदवार बनाएपछि उनले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
माओवादी केन्द्रमा प्रवेश गरे लगत्तै उनलाई माओवादीले उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ । लक्ष्मी चन्दले माओवादी केन्द्रबाट उपाध्यक्ष पदको उम्मेदवारी दर्ता गरेको माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज भुवनचन्द्र विश्वकर्मा (शान)ले बताए । माओवादी केन्द्रका तर्फबाट सिगास गाउँपालिकाको अध्यक्ष पदमा रामसिंह साउँद (रोशन)ले उम्मेदवारी दर्ता गराएको उनले बताए ।