बैतडी –नेकपा एकीकृत समाजवादी सुर्नया गाउँपालिका इन्चार्ज रामबहादुर कुँवरले पार्टी परित्याग गरेका छन् । पालिका इन्चार्ज र जिल्ला कमिटि सचिवालय सदस्य रहेका कुँवरले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरे लगत्तै उनले एमालेबाट वडा अध्यक्षको टिकट समेत पाएका छन् । सुर्नया गाउँपालिका वडा नं ७ को अध्यक्ष पदका लागि एमालेले उनलाई टिकट दिएको र उनको उम्मेदवारी दर्ता भईसकेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा पनि उनी कांग्रेसका भक्तबहादुर कुँवरसंग थोरै मतान्तरले पराजित भएका थिए । त्यो बेला पनि उनी एमालेबाटै चुनाव लडेका थिए ।
एमालेबाट फुटेर एकीकृत समाजवादी भएपछि उनी समाजवादीमा आवद्ध रहेका थिए । उम्मेदवारको मनोनयन दर्ता गरेकै दिन उनले पार्टी परित्याग गरी एमालेबाट टिकट पाएका हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १८:५९
प्रतिक्रिया दिनुहोस्