बैतडी- माओवादी केन्द्रले बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा अशोक भट्टलाइ उम्मेदवार बनाएको छ । वडा कमिटिको बैठकले युवा नेता भट्टलाई वडाअध्यक्षको उम्मेदवार बनाएको हो ।
यस्तै खुल्ला सदस्यमा शिवराज भट्ट, हर्क सिहं ऐरी , महिला सदस्य जानकी भट्ट दलित सदस्यमा जानकी टेलरलाइ उम्मेदवार बनाएको छ । वडामा पनि माओवादी र एसविच तालमेल भएको छ । वडा सदस्यमा एकीकृत समाजवादीबाट शिवराज भट्ट लाइ उम्मेदवार बनाएको हो भने अन्य ३ जना सदस्य माओवादी केन्द्रका हुन् । वडा अध्यक्षका उम्मेदवार भट्ट सहित पाँचै जनाले आज उम्मेदवारी दर्ता पनि गराएका छन् ।
२०६३ साल देखि विद्यार्थी राजनितीमा सक्रिय वडा अध्यक्षका उम्मेदवार भट्टले पार्टीले मुल्याङ्कन गरेर टिकटदिएको बताए । उनले भने ‘२०६३ साल देखि विद्यार्थी राजनीतीमा सक्रियथिए, सबै गाउँ समाजका मान्छेहरुले अब वडा अध्यक्षमा उठ्नु पर्छ भन्ने कुरा गरे, मलाइ पनि आफ्नो वडामा बसेर समाजको सेवा गर्ने रहर पलायो, अहिले पार्टीले मुल्याङ्कन गरेर टिकट पनि दिएको छ, हामि संग जनमत छ जितछौँ ।’७४ सालको निर्वाचनमा माओवदीले नै जितेको वडा नं ३ मा अहिले पनि माओवादीले नै विजयीको जुलुस निकाल्ने भट्टले दाबी गरे ।
उनले भने ‘हामिलाइ जनताको साथ छ, ७४ सालमा पनि हामिले जितेकाहौँ, अहिले पनि हाम्रो नै विजयीजुलुस निकिलिन्छ ।’सुर्नया गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र माओवादी मिलेर चुनावलड्दै छन् । सुर्नया गाउँपालिकामा एकीकृत समाजबादीबाट नरेन्द्र विष्ट अध्यक्षका उम्मेदवार छन भने माओवादीबाट दिलाराम भट्ट उपाध्यक्षका उम्मेदवार रहेका छन् ।