बैतडी –आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीको पाटन नगरपालिकाको मेयरमा चार जना र उपमेयरमा तीनजनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट नारायणसिंह भण्डारी, नेपाली कांग्रेसबाट गौरीसिंह रावल, राप्रपाबाट प्रेमबहादुर चन्द र स्वतन्त्रबाट गणेशबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपमेयरका लागि एमालेबाट हरु भट्ट, माओवादी केन्द्रबाट कमलसिंह बोहरा र राप्रपाबाट हीरा अवस्थीको उम्मेदवारी दर्ता भएको छ ।
पाटनमा १० वडा अध्यक्षका लागि ३७ जना, खुला सदस्यमा ५९ जना, दलित महिला सदस्यमा २८ जना र महिला सदस्यमा ३० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए । पाटनमा १६१ जनाको उम्मेदवारी दर्ता भएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ ०८:५०
प्रतिक्रिया दिनुहोस्