Sagun Khabar
बैतडीका ९ स्थानीय तहमा एमाले एक्लै चुनावी मैदानमा, सुर्नयामा राप्रपासंग तालमेल 
Atrya hospital

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बैतडीका ९ स्थानीय तहमा एक्लै चुनावी मैदानमा उत्रेको छ । सुर्नया गाउँपालिकामा भने उसले राप्रपासंग चुनावी तालमेल गरेको छ । 

सुर्नया गाउँपालिकामा एमालेका अम्मरबहादुर कुँवरले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् भने राप्रपाका देवबहादुर चन्दले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका र पुर्चौैंडी नगरपालिकामा एमालेले एक्लै उम्मेदवारी दर्ता गरेको छ । यस्तै सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा एमालेले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update