Sagun Khabar
बैतडीका निर्माण व्यवसायी पनि शान्तिपूर्ण धर्नामा 
Atrya hospital

बैतडी –बैतडीमा निर्माण व्यवसायीहरुले अनिश्चितकालिन शान्तिपूर्ण धर्ना कार्यक्रम शुरु गरेका छन् । निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा पनि शान्तिपूर्ण धर्ना शुरु गरिएको बैतडी निर्माण व्यवसायी संघ बैतडीका महासचिव विकास चन्दले बताए । 

सार्वजनिक खरीद नियमावली २०६४ का केही बुँदाहरु संशोधन हुनुपर्ने, निर्माण सामग्रीमा गरिएको मूल्य वृद्धि हट्नुपर्ने लगायतका मागहरु राखेर आफूहरुले शान्तिपूर्ण धर्ना शुरु गरेको चन्दले बताए । 

जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि धर्ना कार्यक्रम शुरु गरिएको चन्दले बताए । बैतडी निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीहरु धर्नामा सहभागी भएका उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update