बैतडी –बैतडीको गोठलापानीमा जथाभावी घरेडी खन्दा जगन्नाथ बहुमुखी क्याम्पसको भवन जोखिममा परेको छ । डोजरको प्रयोग गरेर क्याम्पस नजिकै व्यक्तिगत घरेडी खन्दा क्याम्पस भवन जोखिममा परेको क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए ।
बिना स्टमेट खनिएको घरेडीले क्याम्पसको भवन, बसपार्क लगायतका सार्वजनिक संरचना खतरामा परेका भएपनि कसैको ध्यान जान नसकेको क्याम्पसका उपप्राध्यापक चन्दले बताए । घरेडी खनेकै कारण पहिरो सार्वजनिक क्याम्पसको क्षेत्रमा पहिरो खसेको उनले बताए ।
सदरमुकाममै सार्वजनिक संरचना असर पार्ने गरेर घरेडी खन्दा समेत स्थानीय प्रशासनको समेत ध्यान जान नसकेको गुनासो आएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ १४:३९
प्रतिक्रिया दिनुहोस्