बैतडी- बैतडीको सुर्नया गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र सतबाँझमा सार्वजनिक शौचालय छैन् । गाउँपालिकाको वडा नं २ मा पर्ने यो बजारमा सार्वजनिक शौचालय नहुँदा नागरिकहरु सड छेउछाउ तथा खुल्ला ठाउँहरुमा सौच गर्न बाध्य भएका छन् ।
बैतडी र दार्चुला दुइ जिल्ला जोड्ने सतबाँझ बजारमा सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाइ समस्या भएको स्थानीय दशरथ भट्टले बताए । बजारमा शौचालय नहुँदा सडक छेउ छाउ र खुल्ला ठाउँमा गएर नागरिकहरुले सौच गर्ने गरेका सतबाँझ बजारका व्यवसायी मान्धोज भूलले बताए ।
उनले भने ‘सामान किन्न, बैँकिङ कारोबवारका लागि बजार आउने, गाडीबाट ओर्लिएका नागरिकहरु सार्वजनिक शौचालय छैन भनेर सोध्ने गर्दछन्,तर नभएर उनिहरु सडक छेउछाउमा गएर सौच गर्छन, यहाँ सारै समस्या छ ।’ लामो तथा छोटो दुरिका सवारीसाधनमा यात्रा गर्ने यात्रुहरु बजारमा ओर्लिन्छन तर सार्वजनिक शौचालय नहुँदा सडक छेउ छाउमा गएर शौच गर्नुे पर्ने उनिहरुको बाध्यता छ ।
दार्चुलाका विनोद कार्की महेन्द्रनगरबाट घर जादै थिए, उनलाइ पेशाबले च्यापेको थियो, उनि गाडीबाट हतारहतार बाहिर ओर्लिए यताउता सार्वजनकि शौचालय खोज्न थाले तर भेटेन्न र उनले सडक छेउमामा गएर पिशाब फेरे । उनि भन्छन, ‘सार्वजनकि शौचालय नहुँदा यहाँ धेरै सम्स्या रहेछ हो।’ होटेल व्यवसायीहरुका शौचालयमा सौच गर्न नास्ता खाना खानै पर्ने भएकाले समस्या भएको बजार आउने नागरिकहरुको गुनासो छ ।
सार्वजनिक शौचालय अभावमा खुल्ला ठाउँहरुमा दिसा पिशाब हुन थालेपछि अहिले बजार क्षेत्र दुर्गन्धीत बन्दै गएको छ । यसरी खुल्ला ठाउँमा हुने सौचबाट विभिन्न रोगहरुको संक्रमण फैलिने खतरा पनी बढेको छ । शौचालय निर्माणका लागि भने सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् । सार्वजनिक शौचालयका बारेमा स्थानीय सरकारले कुनै चासो नदिएको सतबाँझ बजारका अर्का होटेल व्यवसायी दिपक साउदले बताए ।पाँच वर्षे कार्यकाल समाप्त गरेर जान लागेका जनप्रतिनिधिहरुले समेत सार्वजनिक शौचालय बनाउने तर्फ ध्यान नदिएका उनको आरोप छ ।
यहाँको बजार व्यवस्थापन समितिले गाउँपालिका र वडा सरकारलाइ अुनरोध गरे पनि कुनै निकायले नसुनेको व्यापारीहरुको गुनासो छ । सार्वजनिक शौचालय निर्माणका लागि जमिन अभाव भएकाले बनाउन नसकिएको बताइएको छ । उपयुक्त ठाउँमा जमिन नमिल्दा शौचालय बनाउन नसकिएको जनप्रतिनिधिहरुको भनाइ छ ।