Sagun Khabar
बागी तथा स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन बैतडी कांग्रेसको आग्रह 
Atrya hospital

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन बैतडी कांग्रेसले आग्रह गरेको छ । 

यस्तै गठबन्धन दलका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भएपनि सो उम्मेदवारी समेत फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार आधिकारिक उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update