Sagun Khabar
गठबन्धन र पार्टी विरुद्ध दिएको उम्मेदवारी फिर्ता लिन नेकपा माओवादी बैतडीको अपिल
Atrya hospital

बैतडी- नेकपा माओवादी  केन्द्र बैतडीले स्थानीय तहको निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ । पालिकामा समबन्धीत दलका  आधिकारिक  उम्मेदवार विरुद्ध  स्वतन्त्र, बागि उम्मेदवारी  दिएको भए सो उम्मेदवारी  फिर्ता लिन  अपिल  गरेको हो ।

गठबन्धन दलको  केन्द्रिय एवं  नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सर्कुलर  अनुसार आधिकारिक उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी  दिएकालाइ  उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको नेकपा माओवादी केन्द्र बैतडीका जिल्ला समुन्वय  समिति संयोजक संकर भण्डारीले  बताए ।

नेकपा माओवादी  केन्द्र   बैतडीले बुधबार आपिल पत्र जारी  गरेर गठबन्धन दलको  केन्द्रिय एवं  नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय सर्कुलर अनुसार आधिकारिक उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी फिर्ता लिइ गठबन्धन दलमा आवद्ध एवं , पार्टीको तर्फबाट भएको उम्मेदवारहरुलाइ जिताउनका लागि सबैतहका  कार्यकर्ताहरुलाइ  अपिल गरेको   छ । यस्तै यसअघि काँग्रेस बैतडीले  पनि  आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन  आग्रह गरिसकेको  छ ।    May be an image of text

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update