बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी तालमेल गरेर चुनाव लड्दै छन् । आसन्न स्थानीयतहको निर्वाचनमा पालिका देखि वडा तह सम्म दुवै पार्टी साँझा उम्मेदवार खडा गरेर चुनाव लडिरहेका हुन् ।
नेकपा माओवादी केन्द्र सुर्नया गाउँकमिटि इन्चार्ज स्वेता भट्ट (साहार)का अनुसार पालिका अध्यक्ष सहित २ वडामा नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएको छ भने उपाध्यक्ष सहित ६ ओटा वडा नेकपा माओवादी केन्द्रको भागमा परेको छ । नेकपा माओवादी केन्द्रको भागमा वडा नं १ ,२, ३, ५,६ र ७ परेको हो भने समाजवादीको भागमा वडा नं ४ र ८ परेको इन्चार्ज भट्टले बताइन ।
नेकपा एसबाट गाउँपालिका अध्यक्षमा नरेन्द्र विष्ट , उपाध्यक्षमा माओवादीबाट दिलाराम भट्ट उम्मेदवार रहेका छन् । यस्तै माओवादीबाट वडा नं १ मा दशरथ बहादुर चन्द वडा नं २ मा पूर्ण बहादुर विष्ट, वडा नं ३मा अशोक भट्ट,वडा नं ५मा केशब बहादुर विष्ट ,वडा नं ६ मा अम्बादत्त अवस्थी र वडा न ७ मा भक्त बहादुर कुवर वडा अध्यक्षका उम्मेदवार रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट वडा नं ४मा हरिसिंह महरा र वडा नं ८ मा गणेश बहादुर साउद वडा अध्यक्षका उम्मेदवार रहेका हुन् । अहिले दुवै पार्टीका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा गाउँ गाउँमा पुगि रहेका छन् ।