बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा नेकपा एमालेबाट वडा सदस्यकी उम्मेदवार बाम गठबन्धनमा प्रवेश गरेकी छिन् । आसन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट वडा नं ३मा दलित महिला सदस्य पदमा उम्मेदवार बनेकी बिष्ना लुहार आज एकीकृत समाजवादी र माओवादीको चुनावी गठबन्धनमा प्रवेश गरेकी हुन् ।
नेकपा माओवादी र एकीकृत समाजवादीले गाउँपालिकाको वडा नं ३ तडीगाउँ टोलको नरायणगड भन्ने ठाउँमा आयोजना गरेको चुनावी प्रचारप्रसार कार्यक्रममा उनी एमाले पार्टी परित्याग गरेर बाम गठबन्धनमा प्रवेश गरेकी माओवदी केन्द्रकी सुर्नया गाउँकमिटि इन्चार्ज स्वेता भट्टले जानकारी दिइन् ।
पार्टी प्रवेश गरेकी लुहारलाई अबिर लगाएर दुवै पार्टीका नेताहरुले स्वागत गरेका छन् । चुनावी प्रचारप्रसार कार्यक्रममा बाम गठबन्धन रोज्नेको लहर लागेको बताइएको छ । चुनावी तालमेल गरेर स्थानीयतहको निर्वाचनमा होमिएको माओवादी र एकीकृत समाजवादीले प्रचारप्रसारमा तिब्रता दिएको छ।