बैतडी –आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका, गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन बैतडी कांग्रेसले फेरी आग्रह गरेको छ ।
उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउने अभियमा लाग्न समेत कांग्रेसले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टीका आधिकारिक उम्मेदवार, गठबन्धनका उम्मेदवार दिएका सबै बागी र स्वतन्त्र उम्मेदवारहरुले शुक्रबार साँझ ५ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने बैतडी कांग्रेसले चेतावनी दिएको छ ।
सभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको निर्देशन नमान्नेहरुलाई पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ४ (१३) ग अनुसार पार्टीबाट निष्कासन हुने उल्लेख गरिएको छ ।