Sagun Khabar
बैतडीमा गर्जिए ज्ञानेन्द्र : जताततै भ्रष्टचार भएको दाबी 

बैतडी —राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाहीले देश भ्रष्टाचार थिलथिलो भईसकेको दाबी गरेका छन् ।राप्रपा बैतडीले शुक्रबार पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहीले अहिले सत्ता चलाएका दलहरुले जताततै भ्रष्टाचार गरेको बताए । 

बैतडीको पाटन नगरपालिकामा चरम भ्रष्टाचार भएको दाबी गर्दै शाहीले अब भ्रष्टाचार हुन नदिन राप्रपाका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले भने ‘हामीले पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई भ्रष्टाचार नगर्न कसम खुवाएका छौं । भ्रष्टाचार गर्नु आफ्नी आमाको रगत खानु सरह हो भनेका छौं ।’

Atrya hospital

राप्रपा अहिले भ्रष्टाचार नियन्त्रण अभियानमा लागेको दाबी गर्दै शाहीले आफ्नो पार्टी हिन्दूराज्यको पक्षमा रहेको बताए । 

एक अर्को प्रसंगमा प्रवक्ता शाहीले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भएपनि उनको क्षेत्रमै सडकको दुरावस्था रहेको बताए । नागरिकका समस्या समाधानका लागि कति पटक प्रधानमन्त्री हुनुपर्ने हो ? भनि उनले प्रश्न समेत गरे । 

राप्रपाको चुनावी सभालाई सम्बोधन गर्नका लागि बैतडी पुगेका शाहीले भोलि बैतडी सदरमुकाम, सतबाँझ र मेलौलीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update