Sagun Khabar
बैतडी सहित सुदूरका तीन जिल्लामा टेलिकमको सेवा अवरुद्ध 
Atrya hospital

बैतडी –बैतडी लगायत सुदूरपश्चिमका तीन जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर ब्रेक भएपछि बैतडी, दार्चुला र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएको हो । हावाहुरीले विद्युतको पोल ढलेपछि फाइबर ब्रेक भएको नेपाल टेलिकमका बरिष्ठ इन्जिनियर घनश्याम पाठकले बताए । 

फाइबर ब्रेक हुँदा नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको इन्जिनियर पाठकले बताए । टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधक टोली खटिसकिएको उनले बताए । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेलाबेला नेपाल टेलिकमको सेवा अवरुद्ध हुने गरेको छ । यसले गर्दा यहाँका उपभोक्ताहरु मारमा परेका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update