बैतडी – नेकपा माओवादी केन्द्रकी सुर्नया गाउँपालिका कमिटि कोषाध्यक्ष हेमा भट्ट एमालेमा प्रवेश गरेकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की पालिका इन्चार्ज समेत रहेकी भट्ट चुनावको मुखमा एमालेमा प्रवेश गरेकी हुन् ।
सुर्नया गाउँपालिका वडा नं २ मा एमालेले आयोजना गरेको चुनावी सभामा भट्टले एमालेमा प्रवेश गरेकी हुन् । एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीले भट्टलाई पार्टीमा प्रवेश गराएका हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा सुर्नया गाउँपालिका वडा नं ३ को महिला सदस्यमा पदमा निर्वाचित भट्ट सुर्नया गाउँपालिकाकी प्रवक्ता समेत हुन् ।
केही दिन अघि मात्रै माओवादी केन्द्रका सुर्नया सहइन्चार्ज नरी भाटले समेत एमालेमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९ १८:४७
प्रतिक्रिया दिनुहोस्