Sagun Khabar
बैतडीका पाण्डे ७४ मा राप्रपाबाट जिते, अहिले लौरो लिएर उठे 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं २ का हर्कबहादुर पाण्डे स्वतन्त्रबाट वडा अध्यक्षका लागि चुनावी मैदानमा उत्रेका छन् । गएको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षका जितेका पाण्डे पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका हुन् । 

उनले लौरो चुनाव चिन्ह पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह प्रदान गरेसंगै आफू चुनावी प्रचारप्रसारमा लागेको पाण्डेले बताए । उनले भने ‘पार्टीले गलत निर्णय गरेर टिकट दिएकाले म  चुनावी मैदानमा उत्रेको हुँ । पार्टीको वडा समितिको सिफारिश विपरीत टिकट दिइएकाले म उम्मेदवार बनेको हुँ ।’

Atrya hospital

राप्रपाको सुर्नया गाउँपालिका वडा नं २ को समितिले सामूहिक रुपमा राजीनामा समेत दिईसकेको पाण्डेले बताए । सुर्नयामा एमालेसंग चुनावी तालमेल गरेको राप्रपाले वडा अध्यक्षको टिकट गणेशबहादुर बिष्टलाई दिएको छ । 

पहिलो कार्यकालमा अधुरा रहेका कामहरु पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको पाण्डेले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update