बैतडी -नेपाली काँग्रेस निकट भ्रातृ संस्था नेपाल प्रजातान्त्रिक महासंघ बैतडी कार्यसमिति कोषाध्यक्ष पदम टेलर बामगठबन्धनमा प्रवेश गरेका छन् । आज सुर्नया गाउँपालिका वडा नं ५ मा भएको चुनावी कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरेर टेलर माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धनमा प्रवेश गरेका माओवादी केन्द्रकी सुर्नया गाउँकमिटि इन्चार्ज स्वेता भट्टले जानकारी दिए ।
नेपाली काँग्रेस परित्याग गरि बामगठबन्धनमा प्रवेश गरेका सुर्नया गाउँपालिका वडा नं १ घर भएका टेलरले काँग्रेसमा मुल्याँकन नगरिदा पार्टी परित्याग गरेको बताए। प्रवेश गरेका टेलरलाइ नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुरुले अविर लगाएर स्वागत गरेका छन् ।
चुनावी तालमेल गरेर स्थानीय तहको निर्वाचनमा होमिएका माओवादी र एकीकृत समाजवादीले अहिले प्रचारप्रसारमा तिब्रदा दिएको छ ।