बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले निर्वाचन आचारसहिंता पालना गर्न आग्रह गरेको छ । जिल्लाका केहि स्थानीय तहमा निर्वाचन आचारसहिंता उल्लंघन भएका गुनासाहरु आएकाले त्यसो नगर्न प्रशासनले आग्रह गरेको हो ।
आज प्रशासनले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा केहि राजनितीक दलका उम्मेदवारको तर्फबाट स्थानीय तहमा कार्यरत केहि करारका कर्मचारी र विद्यालयका कर्मचारीहरुले समेत समाजिक सञ्जालबाट उम्मेदवरको प्रचारप्रसार गरेको गुनासो आएकाले त्यस्ता क्रियाकलाप नगर्न नगराउन आग्रह गरेको छ ।
यदि कोही कसैबाट निर्वाचन आचारसहिंता उल्लंघन भए , गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने बताइएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन सम्बन्धी आचारसंहितामा राजनितीक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टिर्सट , टोपि लगायतका सांकेतीक सामग्री प्रदर्शन गर्न गराउन, अठार वर्ष उमेर पुरा नभएका बालबालिकाहरुलाइ चुनावी प्रचारप्रसारमा प्रयोग नगर्न , सार्वजिनक सडकका पोल वा कुनैपनि सार्वजनिक स्थानमा दलको झण्डा , दल वा उम्मेदवार निर्वाचन चिन्ह राख्न वा टाँस्न ,चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न गराउन प्रतिबन्ध गराएकोमा बैतडीमा भने उल्लंघन भएको पाइएको छ ।