Sagun Khabar
बैतडीमा मतपत्र आइपुग्यो

बैतडी- आसन्न स्थानीय तह निर्वाचनका लागि  बैतडीमा मतपत्र आइपुगेको छ ।  बैशाख ३० गते हुने निर्वाचनका लागि  बैतडीमा १ लाख ६७ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले जनाकारी दिए ।

मतपत्र सहितका  निर्वाचनका लागि आवश्यक पर्ने सामग्री जिल्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुइयालले बताए ।  यस्तै जिल्लामा मतदान अधिकृतहरुलाइ तालिम पनि  दिइने बताइएको छ । यहि बैशाख २३ र २४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाइ तालिम दिइने मुख्य निर्वाचन  अधिकृत कार्कीले बताए  ।

Atrya hospital

मतदान कसरि गर्ने, समस्या आएमा सामाधान कसरि गर्ने लगायतका कानुनी व्यवस्थाका बारेमा जनाकारी दिन उनिहरुलाइ तालिम दिइने बताइएको छ । तालिम पश्चात मतदान अधिकृतहरुलाइ निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाइने  निर्वाचन प्रमुख फुइयालले  बताए  ।

बैतडीका १० स्थानीयतहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरि ४ सय ४० पदका लागि निर्वाचन हुँदै छ । बैतडीमा १२९ मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र कायम गरिएका  छन् । स्थानीयतहको निर्वाचनमा बैतडीमा ७० हजार  ९ सय ६९ महिला मतदाता र ६९ हजार  २ सय  ३० पुरुष मतदाता गरि कुल १ लाख ४० हजार २सय १ मतदाता  रहेका छन्  ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update