Sagun Khabar
बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार 

बैतडी –बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राती खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए । 

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदबाट एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ । 

Atrya hospital

खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको बिष्टले बताए । 

घटनाका बिषयमा जानकारी आएको र थप बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घटनास्थलमा प्रहरीको टोली खटाइएको र कसले खुकुरी प्रहार गरेको हो भन्ने बिषयमा खुली नसकेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update