Sagun Khabar
बैतडीः खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा
Atrya hospital

 बैतडी-  बैतडीमा वडा सदस्यका उम्मेदवार माथि खुकुरी प्रहार गर्नेलाइ प्रहरीले नियन्त्रणमा लिएको  छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका पदका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार गर्ने अजित साउँदलाइ  नियन्त्रणमा  लिइएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।पिडीतले नाम दिएको आधारमा  खुकुरी प्रहार गर्नेलाइ प्रकाउ  गरिएको   प्रहरीले   जनाएको  छ ।    

साउँदलाइ नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाउदै प्रहरी निरीक्षक जोशीले घट्नामा संलग्न अन्यको  पनि खोजि भइरहेको बताए  । वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राती खुकुरी प्रहार भएको थियो । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँद एक घर बाट अर्काे घर  गइरहेका बेला  बीचबाटोमा स्थानीय अजित साउँद र उनको समूहले खुकुरी प्रहार गरेको  बताइन्छ  ।

अजित एमालेका कार्यकर्ता रहेको खुलेको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा गम्भीर चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update