बैतडी-बैतडीको सुर्नया गाउँपालिकाकी मञ्जु बोहरा २४ वर्षकै उमेरमा उम्मेदवार बनेकी छिन् । आसन्न स्थानीयतहको निर्वाचनमा उनी गाउँपालिकामा नेपाली काँग्रेसबाट उपाध्यक्ष पदमा उम्मेदवार बनेकी हुन् ।
पालिकामा उम्मेदवारी दिएका मध्ये उनको उमेर सबैभन्दा कम छ । उपाध्यक्षकी उम्मेदवार बनेकी मञ्जुले आफ्नो उमेर २४ वर्ष भएको बताइन् ।उपाध्यक्षको टिकट पाएकी मञ्जु अहिले चुनावी प्रचारप्रसारमा गाउँ गाउँमा पुगिरहेकी छिन् ।वडा नं ८ सेला घर भएकी उनले टिकट पाएपछि अहिले चुनाव प्रचारप्रसारमा लागेको बताइन् ।महिलाको हक अधिकारका लागि मेरो उम्मेदवारी रहेको उनले बताइन् ।
महिलाहरुले भोग्नु परेका पिडा आफुलाइ थाहा भएको भन्दै उनले महिलाहरुलाइ आत्मनिर्भर बनाउने काम गर्ने बताइन् ।महिलाहिंसाका घट्नाहरु कम गर्न महिलाको क्षेत्रमा विकास हुन आवश्यक रहेको भन्दै उनले महिलाहरुको जीवन स्तरलाइ माथि उकास्ने काम गर्ने बताइन् । गाउँघर जादा चुनावमा उठेका युवाहरु प्रति नागरिकको आकर्षण रहेकाले उनले जित्ने पनि दाबी गरेकी छिन् ।
सुर्नया गाउँपालिकामा अन्यदलहरुले गठबन्धन गरेर प्रमुख पदमा महिलाको उपस्थिति नगराएको प्रति उनले दुख पनि व्यक्त गरीन् । अन्य दहलहरुले चुनावको नतिजा आफ्नो पक्षमा पार्न र विजयी हाशिल गर्नकै लागि तालमेल गरेर महिलाहरुलाइ पछाडि पार्न खोजेको उनको भनाइ थियो ।
नेपाली काँग्रेसले तालमेल नगरि पालिकामा आफुलाइ टिकट दिएको भन्दै उनले महिलाको अधिकारका लागि पनि आफुले जित्नु पर्ने बताइन् । बैतडीको सुर्नया गाउँपालिकामा नेकपा एमाले र राप्रपाले चुनावी गठबन्धन गरेर चुनावमा छन भने, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पनि तालमेल गरेर चुनाव लड्दै छन् ।
यी चारै दलहरुले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुषलाइ उठाएका छन् । महिलाहरुलाइ स्थान नदिइएको भन्दै अहिले राजनितीकदलहरुको आलोचना समेत भइरहेको छ ।