बैतडी – बैतडीमा गुडिरहेको जिपमा आगलागि भएको छ । सुर्नयाको रौलेश्वरबाट सतबाँझ आउँदै गरेको से १ ज १११७ नम्बरको फोर्स जिपमा सतबाँझ नजिकै आगलागि भएको हो । जिपको इन्जिनमा आगलागि हुँदा जिपको अगाडि भाग जलेर नष्ट भएको छ । तार सट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
जिपमा आगलागि भएपनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । जिपमा आज बिहान आगलागि भएको हो । जिपमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा पानीले निभाइएको जिप साहु हरिश बिष्टले बताए । आगलागिका कारण १० लाख बढी क्षति भएको बिष्टले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १०:१७
प्रतिक्रिया दिनुहोस्