Sagun Khabar
बैतडीमा निर्वाचन आचारसहिंता उल्लंघन बढ्यो, कारबाही छैन् 

बैतडी- बैतडीमा निर्वाचन आचारसहिंता उल्लंघन बढ्दै गएको छ ।जिल्लाका कतिपय स्थानहरुमा राजनितीकदलहरुले निर्वाचन आचारसहिंता बिपरित कार्यक्रम गरिरहेका गुनासाहरु बढ्रदै गएका हुन्  ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन सम्बन्धी आचारसंहितामा राजनितीक दल वा उम्मेदवारहरुले बालबालिकाहरुलाइ चुनावी प्रचारप्रसारमा प्रयोग गर्ननपाइने, सार्वजनिक सडकका पोल वा कुनैपनि सार्वजनिक स्थानमा दलको  झण्डा , दल वा उम्मेदवार निर्वाचन चिन्ह राख्न वा टाँस्न, नमिल्ने  भएपनि  बैतडीमा भने राजनितीकदलहरुले यी क्रियाकलाप खुलेआम गरिरहेका स्थानीय निरेश भट्टले  बताए ।

Atrya hospital

सुर्नया गाउँपालिका भित्र राजनितीकदलका नेताहरुले चुनावी प्रचारप्रसारमा बालबालिकाहरु प्रयोग गरिरहेका उहाँले  बताए  । शिक्षकहरु दलको चुनावीसभा र प्रचारप्रसारमा सहभागि भएका पनि गुनासा बैतडीमा बढ्दै गएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ७ सुर्कालमा बुधबार आयोजना भएको चुनावी सभामा शिक्षकहरुले उपस्थिति जनाएका स्रोतले बताएको हो ।

विद्यार्थीलाई पढाउनुपर्ने शिक्षकहरु प्रत्यक्ष राजनीति गर्न थालेकाले विद्यार्थीको भविश्य के हुने भन्ने चिन्ता बढ्न थालेको स्थानीयहरुको भनाइ छ । जिल्ला प्रशासन कार्यालय बैतडीले निर्वाचन आचारसहिंता पालना गर्न आग्रह गरेको भएपनि सो आग्रहरको बेवास्ता गरेर जिल्ला भित्र आचारसहिंता उल्लंघन भइरहेका हुन् । पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा मत माग्ने, माइकिङ गर्ने, विभिन्न स्थानमा पर्चा टाँस्ने, पार्टीका झण्डा झुण्ड्याउने, कामहरू राजनीतिक दल तथा उम्मेदवारले गरिरहेका देखिएको छ ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा यो सबै गर्न नपाइले उल्लेख छ । केहि दिन पहिले जिल्ला प्रशासनले सूचना जारी गरेर निर्वाचन आचारसहिंता उल्लंघन भएका गुनासाहरु आएकाले  त्यसो  नगर्न आग्रह गरेको थियो तर पालना नगरेको  पाइएको  छ ।

यसरि खुलेआम आचासंहिता उलंघन गरेर दलको चुनावी प्रचार गरिरहेको भए पनि कारबाही भने कसैलाइ गरिएको छैन् । यदि कोही कसैबाट निर्वाचन आचारसहिंता उल्लंघन भए , गरेको  पाइएमा कानून बमोजिम कारबाही गरिने सम्बन्धीत निकाय बताउँदै आएको  छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update