बैतडी –नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रिय प्रचारप्रसार समितिमा बैतडीका १८ जना मनोनित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि १० ओटै पालिकाका १८ जना नेपाल विधार्थी संघको केन्द्रिय प्रचारप्रसार समितिमा मनोनित भएका नेपाल विद्यार्थी संघ बैतडीका सदस्य नरेश बिष्टले जानकारी दिए ।
आसन्न स्थानीयतहको निर्वाचनलाइ लक्षीत गरेर केन्द्रले देशका ७ सय ५३ ओटै स्थानीयतहका नेविसंघमा आवद्ध सदस्यहरुलाई समेटर केन्द्रिय प्रचारप्रसार समिति गठन गरेको बताइएको छ । यस्तै प्रचारप्रसार परिचालन समितिमा नेविसंघ बैतडीका अध्यक्ष कपिल केसी र सदस्य नरेश बिष्ट रहेका छन् ।
प्रचारप्रसार समितिमा दनपाबाट अमर टेर र रोशन बोहरा, पाटन नगरपालिकाबाट भागरथी भट्ट, विनोद पाण्डे, विष्णु पाण्डे,सन्तोष पाण्डे र गौतम भट्ट रहेका छन् । यस्तै मेलौली नगरपालिकाबाट प्रेम चन्द र पुर्चौंडीबाट मीनबहादुर धानुक, हेमन्त साउँद र धनबहादुर बोहरा समितिमा मनोनित गरिएका छन् ।
यस्तै शिवनाथ गाउँपालिकाबाट बीरबहादुर चन्द र हर्ष साउँद, पञ्चेश्वरबाट हितेष चन्द, दोगडाकेदारबाट शान्ति जोशी, डिलाशैनीबाट रोसन भण्डारी, सिगास गाउँपालिकाबाट विरेन्द्र साउँद र सुर्नयाबाट तेजराज भट्ट समिति मनोनित भएका छन् ।