Sagun Khabar
बैतडीमा उम्मेदवारमाथिको आक्रमण निन्दनीय : सत्ता गठबन्धन 
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ मा गठबन्धनका तर्फबाट वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि भएको आक्रमणको सत्ता गठबन्धनले विरोध गरेको छ । १९ गते राती साउँदमाथि एमालेका कार्यकर्ता अजित साउँदले उम्मेदवार साउँदमाथि आक्रमण गरेकाले दोषीलाई कानुनी दायरमा ल्याउन गठबन्धनले आग्रह गरेको छ । 

नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द, एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट र माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तपूर्ण वातावरण निर्वाचन सम्पन्न गर्ने दिशामा लाग्न सबैलाई आग्रह गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update