बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य गठबन्धनमा प्रवेश गरेकी छिन् । २०७४ सालको स्थानीयतहको चुनावमा एमाले पार्टीबाट वडा सदस्यमा निर्वाचित कल्पना बिष्ट ( कुवर ) एमाले पार्टी परित्याग गरि नेकपा माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धनमा प्रवेश गरेकी नेकपा माओवादी केन्द्र सुर्नया गाउँकमिटि इन्चार्ज स्वेता भट्टले जानकारी दिइन् ।
बिहीबार गठबन्धनले वडा नं ७ मा आयोजना गरेको चुनावी सभा कार्यक्रममा बिष्ट गठबन्धनमा प्रवेश गरेकी हुन् । एमालेका सिद्धान्त र कार्यकर्ताहरुका व्यवहार मन नपरेर आफु पार्टी परित्याग गरेर गठबन्धनमा प्रवेश गरेको विष्टले बताइन् । गठबन्धनमा प्रवेश गरेकी उनलाइ नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुले स्वागत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १०:२३
प्रतिक्रिया दिनुहोस्