बैतडी –बैतडीको मेलौली नगरपालिका २ मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार कृष्णदत्त भट्टले वडा अध्यक्षले पाउने आर्थिक सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् ।
चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले चुनाव जितेमा आफूले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका हुन् ।
यस्तै वडाभित्र समान शिक्षा र सर्वसुलभ स्वास्थ्योपचार अभियान अघि बढाउने, कृषियोग्य भूमीमा सिँचाई व्यवस्था गर्ने, सलेना स्वास्थ्यचौकीमा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
यसैगरी वडामा रहेका माध्यमिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्ने, न्यून आय व्यक्तिहरुलाई सीपमूलक तालिम दिने लगायतका कुराहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १०:४६
प्रतिक्रिया दिनुहोस्