Sagun Khabar
बैतडीमा निर्वाचन सुरक्षाका लागि २ हजार बढी सुरक्षाकर्मी परिचालन  

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बैतडीमा २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचन सुरक्षा योजना अनुसार जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

जिल्लाभरी १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसैगरी बाहिरी घेरामा सुरक्षा दिन नेपाली सेना समेत परिचालन गरिएको उनले बताए । 

Atrya hospital

म्यादी प्रहरी र नेपाल प्रहरीलाई मतदान केन्द्र सम्मै परिचालन गरिएको सूचना अधिकारी भारतीले बताए । यस्तै प्रत्येक स्थानीय तहमा प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलिङ  गस्ती समेत गरिरहेको छ । 

निर्वाचन सुरक्षाका लागि पहिलो घेरमा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना परिचालन गरिएको बताइएको छ । 

बैतडीमा १२९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । सबै ठाउँमा निर्वाचन सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update