बैतडी –बैतडीमा कोदालोले हिर्काउँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ मनकुडाका अन्दाजी २७ बर्षीय श्यामबहादुर ऐरको मृत्यु भएको हो । सोही ठाउँका २९ बर्षीय बिरसिंह ऐरले खानेपानीको बिषयमा विवाद हुँदा श्यामबहादुरलाई कोदालोले हिर्काएको स्थानीय एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले बताए ।
विरसिंह ऐरले कोदालाले हिर्काउँदा श्यामबहादुर ऐरको छातीमा गम्भीर चोट लागेर मृत्यु भएको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाँदै गरिएको ऐरले बताए ।
कोदालोले हिर्काउने विरसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुवैजना छिमेकी रहेका र खानेपानीको बिषयमा विवाद हुँदा शुक्रबार दिउँसो घटना भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १५:५३
प्रतिक्रिया दिनुहोस्