Sagun Khabar
एमाले सुर्नया गाउँकमिटि उपाध्यक्ष पाण्डेले छाडे पार्टी, एकीकृत समाजवादीमा प्रवेश 

बैतडी –नेकपा एमाले सुर्नया गाउँकमिटि उपाध्यक्ष लालबहादुर  पाण्डेले  पार्टी छाडेका छन् । आज बैतडीको  सुर्नया गाउँपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले  आयोजना गरेको चुनावी सभामा उनी एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई चुनावमा सहयोग गर्दै नेकपा एसमा प्रवेश गरेको पाण्डेले बताए । 

Atrya hospital

पार्टीको टिकट वितरण प्रक्रियामा असन्तुष्ट रहेका पाण्डेले एमालेले स्थानीय कार्यकर्ताहरुको मूल्यांकन नगरेकाले नेकपा एसमा प्रवेश गरेको जनाएका हुन् । उनी एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघको जिल्ला अध्यक्ष समेत रहेका थिए । 

पाण्डेलाई एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट, एसका तर्फबाट सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बिष्ट, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज प्रेमप्रकाश भट्ट (आदित्य) लगायतले स्वागत गरेका थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update