बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । जिल्लाका सबै स्थानीय तहमा निर्वाचनको तयारी तीव्र पारिएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । २ सय ५ ओटै मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए ।
शुक्रबार र शनिबार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिएर फिल्डमा खटाउने तयारी भएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । वैशाख २७ गते सम्म सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरेर कर्मचारी खटाइने कार्कीले बताए ।
कर्मचारीहरुसंगै निर्वाचन सामग्रीहरु पनि सम्बन्धित ठाउँमा पुग्ने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । जिल्लामा निर्वाचनको तयारी तीव्रता साथ भईरहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९ १७:२४
प्रतिक्रिया दिनुहोस्