Sagun Khabar
बैतडीमा चुनाव प्रचारमा गएको भन्दै श्रीमतिमाथि निर्घात कुटपीट 

बैतडी –बैतडीमा पार्टीको प्रचारमा गएको भन्दै एक महिलामाथि उनकै श्रीमानले निर्घात  कुटपीट गरेका छन् । दशरथचन्द नगरपालिका– ८ की २९ वर्षीया धाना महरलाई ३० वर्षीय उनका श्रीमान जय महरले निर्घात कुटपीट गरेका हुन् । 

नेकपा एमालेबाट वडा नं. ८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँले सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै जय महरले आफ्नै श्रीमतिलाई कुटेका हुन् । 

Atrya hospital

श्रीमानको कुटाईबाट घाइते भएकी धानालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ । आफ्ना छोरी सहित उनी अहिले जिल्ला अस्पतालको बेडमा भर्ना भएकी छिन् । 

श्रीमानको कुटाईबाट उनको टाउको र शरीरका अन्य भागमा समेत चोट रहेको बताइएको छ । म्यादी प्रहरी समेत रहेका श्रीमानको कुटाईबाट शरीरभरी घाउचोट रहेको धानाले बताइन् । उनले भनिन् ‘श्रीमानले मदिरा सेवन गरेर कुटपीट गरे । भित्रै पस्न दिनुभएन् । पछि छिमेकीको सहयोगमा घर भित्र पसे र भोकै सुते ।’

शुक्रबार राती आफ्नै श्रीमतिमाथि कुटपीट गरेका जयले शनिबार बिहान समेत कुटपीट गरेको र पछि गाउँलेको सहयोगमा अस्पताल पुगेकी धानाले बताइन् । उजुरी दिन प्रहरीमा गएको भएपनि उपचार पछि आउनु भनेको उनले बताइन् । 

घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले आफूलाई थाहा नभएको बताए । 
 
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update