बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस सुर्नया गाउँपालिका समितिले संकल्प पत्र सार्वजनिक गरेको छ । स्थानीयबासीका आवश्यकता र भुगोलको आधारमा संकल्प पत्र सार्वजनिक गरिएको कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले बताए ।
संकल्प पत्रमा असहाय व्यक्तिहरुलाई मासिक दुई हजार भत्ता दिने, दीर्घ रोगीहरुलाई मासिक २ हजार बराबरको औषधि उपलब्ध गराउने, २० युनिट सम्मको विद्युत महसुल पालिकाले तिर्ने उल्लेख गरिएको छ ।
यस्तै अध्याँरोमुक्त पालिका बनाउने, जेहेन्दार विद्यार्थी मध्ये प्रत्येक बर्ष एक जना छात्रा र एक जना छात्रलाई स्नातक तह सम्मको पठनपाठनका लागि पालिकाले पहल गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी वडा भवन बन्न बाँकी रहेका वडाहरुमा भवन निर्माण गर्ने, भौतिक पूर्वाधार विकासलाई तीव्रता संकल्प पत्रमा उल्लेख गरिएको छ ।
संकल्प पत्रमा उल्लेख गरिएका कुराहरु निर्वाचित भएमा पूर्ण रुपमा लागू गर्ने अध्यक्ष पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले बताए ।