बैतडी –आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा भारतसंग जोडिएको सीमा तीनदिन बन्द हुने भएको छ । निर्वाचन सुरक्षाका लागि वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजे सम्म सीमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
चुनावको अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियम अनुसार नै सीमा बन्द गरिने भारतीले बताए । यो बिषयमा भारतीय अधिकारीहरुसंग समेत समन्वय भईसकेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १४:३५
प्रतिक्रिया दिनुहोस्