Sagun Khabar
कोरोनाबाट बैतडीमा एकैदिन २जनाको मृत्यू 

बैतडी
कोरोना संक्रमणबाट बैतडीका एक स्वास्थ्यकर्मि सहित आज एकैदिन २जनाको मृत्यू भएकोछ । जिल्ला अस्पताल बैतडीमा कार्यरत रहेका दशरथचन्द नगरपालिका वडा न. ४का ४५बर्षिय पुरुषको आज दिउँसो डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यूभएको हो । 

उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५दिनअघि बैतडीबाट डडेल्धुरा रेफर गरिएको थियो । डडेल्धुरा अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १२बजे मृत्यूभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाः बसन्तराज जोसीले बताए ।

Atrya hospital

 यसैगरि जिल्लाको मेलौली नगरपालिकाका एक पुरुषको पनि आजै मृत्यू भएको छ । जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा रेफर गरिएका २५बर्षिय पुरुषको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । २ हप्ता अघि अस्पताल भर्ना भएका उनमा एण्टीजेन परिक्षण गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रशाद भट्टले बताए । 

यो संगै बैतडीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२पुगेको छ । अहिले बैतडी जिल्ला अस्पतालमा १०जना संक्रतिको उपचार भैरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update