Sagun Khabar
स्थानीय प्रशासनको आदेश अवज्ञा गर्दै पुर्चौडी नगरपालिकाद्वारा मेयर कप सञ्चालन 
फोटो :पुर्चौंडी नगरपालिकाले आयोजना गरेको मेयर कप भलिबल प्रतियोगिता 

स्थानीय प्रशासनको आदेशको अवज्ञा गर्दै बैतडीको पुर्चौडी नगरपालिकाले बुधबारदेखि दोश्रो मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । शिक्षा समितिको बैठक बसेर सुरक्षा मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरे बमोजीम प्रतियोगिता सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले जानकारी दिए  । यही चैत २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरीका माविहरुको सहभागिता रहेको छ । 

भीडभाडका कार्यक्रमले कोरोना भाईरसको जोखिम बढ्ने भन्दै सरकारले नै भीडभाड नगर्न सरकारले नै भनिरहेका बेला सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी आँफै सहभागी भएर प्रतियोगिताको उद्दघाटन गरेका हुन् । 

Atrya hospital

मन्त्री नै भीडभाडका कार्यक्रममा सहभागी हुने तर सर्वसाधारणलाई आदेश दिने भन्दै चर्को विरोध समेत भईरहेको छ । कोरोनाको दोश्रो लहर फैलिन सक्ने जिल्ला प्रशासन कार्यालयले यही चैत १२ गते आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशको पहिलो बुँदामै भीडभाडका कार्यक्रम नगर्न भनेको छ ।

 जिल्लाका कतिपय स्थानीय तहहरुले स्थानीय प्रशासनको आदेशकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित गरेका छन् । तर पुर्चौंडी नगरपालिकाले भने स्वास्थ्य मापदण्ड अपनाएर दोश्रो मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गरेको दाबी गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update