Sagun Khabar
बिहीबार सुदूरपश्चिममा ३३५ जनाले कोरोना जिते, १० जनाको मृत्यु 
Atrya hospital

बैतडी –बिहीबार सुदूरपश्चिममा ३३५ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३३५ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यसैगरी पछिल्लो विवरण अनुसार प्रदेशभरी कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । कैलालीका ५, कञ्चनपुरका ३, डोटी र बैतडीका १÷१ जनाको कोरोनाबाट ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यस्तै बिहीबार प्रदेशभरी थप ८४९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा २ हजार १०१ नमूना परीक्षण गर्दा थप ८४९ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update