Sagun Khabar
बैतडीमा शुक्रबार ९७ जनामा कोरोना पुष्टि 


बैतडी- बैतडीमा शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण र एन्टीजेन परीक्षणबाट थप ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्ला अस्पताल बैतडीको प्रयोगशालाको रिपोट भने आउन बाँकी रहेको छ । 

पीसीआर विधिबाट परीक्षण गर्दा पाटन नगरपालिकाका ८९ जना र पुर्चौंडी नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । 

Atrya hospital

यस्तै एन्टीजेन विधिबाट परीक्षण गर्दा सिगास गाउँपालिकाका २ जना र बझांगको बुंगल नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ९४६ पुगेको छ । 

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६६ जना, पाटन नगरपालिकामा २१३ जना, सिगास गाउँपालिकामा १३४ जना, सुर्नया गाउँपालिकामा ६२ जना र मेलौली नगरपालिकामा ५० जना रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा २९ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना, दोगडाकेदार गाउँपालिकामा २२ जना, डिलाशैनी गाउँपालिकामा १६ जना र शिवनाथ गाउँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बैतडीमा अन्य ठाउँका १८ जना सक्रिय संक्रमित रहेका बताइएको छ । बैतडीमा शुक्रबार १८ जनाले कोरोना जितेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update