Sagun Khabar
बैतडीमा ३८ जना स्वास्थ्यकर्मीले कोरोना जिते 

बैतडी –बैतडीमा ३८ जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । कोरोनाको दोश्रो लहर फैलिएसंगै जिल्लामा ४६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको र ती मध्ये ३८ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी मध्ये एक जनाको निधन भईसकेको छ भने ७ जना सक्रिय संक्रमितको अवस्थामा रहेका छन् । 

Atrya hospital

सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका १६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा ३ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको र संक्रमित व्यक्ति सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने ११ जनामा संक्रमण पुष्टि भएकोमा १० जनाले कोरोना जितेका छन् भने एकजना स्वास्थ्यकर्मी मात्रै सक्रिय संक्रमित रहेका छन् । पुर्चौंडी नगरपालिकामा १५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा १५ जनाले नै कोरोना जितेका छन् ।

सिगास गाउँपालिकामा २ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा दुवै जना सक्रिय संक्रमितको अवस्थामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update