बझाङ- बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामी निर्वाचित भएका छन्। उनले ७ हजार ६ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनदेवी कुँवरले ३ हजार २७१ मत ल्याएकी थिइन्। यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भएका छन्।
उनले ६६४६ मत ल्याएका छन्। एमालेका उम्मेदवार अम्मराज जोशीले २ हजार ९३२ मत प्राप्त गरेका थिए। ११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन विजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन्।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १५:४०
प्रतिक्रिया दिनुहोस्