कैलाली –कैलालीको गोदावरी नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी भएकी छन् ।
मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन् । यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत ल्याएकी छन । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।
गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृहनगर हो । यस्तै एमालेबाट मेयरका उम्मेदवार रहेका गोकर्ण भट्ट लेखराजका भाइ समेत हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १६:५८
प्रतिक्रिया दिनुहोस्