कैलाली —सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले खाता खोलेको हो ।
एमालेका ममताप्रसाद चौधरीलाई पराजित गर्दै समाजवादी खडकबहादुर रावत मेयरमा विजयी भएका छन् । रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए । २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन् ।
उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छिन् । उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १०:५६
प्रतिक्रिया दिनुहोस्