Sagun Khabar
शनिबार सुदूरपश्चिममा ४२१ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –शनिबार सुदूरपश्चिममा ४२१ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ४२१ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै गएको चौबिस घण्टामा प्रदेशभरी कोरोनाबाट १० जनाको मृत्यु भएको छ । कैलालीका ७, कञ्चनपुरका २ र बैतडीका एकजनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको चौबिस घण्टामा थप ५२३ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५४४ जनाको नमूना परीक्षण गर्दा थप ५२३ जनामा संक्रमण पुष्टि भएको हो । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update